Incident Reports

जिल्ला प्रशासनमा महिलाको धर्ना

2016-12-08

Lumbini, Gulmi, Resunga

सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा आज नवौँ दिन पनि गुल्मीमा प्रदर्शन जारी छ । गुल्मीका स्थानीय महिलाले जिल्ला प्रशासनमा बिहानैदेखि धर्ना दिनुका साथै सरकार बिरुद्ध नारावाजी गरिरहेका छन् । नवौ दिनसम्म सरकारले आफ्नो आन्दोलनलाई वेवास्ता गरेको भन्दै स्थानीय महिलाहरु आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनमा सहभागी नेपाल महिला संघकी बिष्णुकुमारी सापकोटाले सरकार र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आन्दोलनलाई वेवास्ता गरे महिलाहरु सडकमा उत्रिने चेतावनी छन् । तमघासका ब्यवसायी महिलाहरु बिहानैदेखि प्रदर्शनमा उत्रिएपछि बालबालिका भोकै विद्यालय जान बाध्य भएका छन् । धर्ना र बन्दका कारण सरकारी कामकाज ठप्प हुनुका साथै कर्मचारी कार्यालय भन्दा बाहिर रहेका छन् । सँयुक्त आन्दोलन संघर्ष समितिले आज पनि दिनभर बिरोधका कार्यक्रम प्रदर्शन गर्ने बताएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis