Incident Reports

धार्मिक महोत्सवमा दलितलाई प्रतिबन्द

2016-12-08

Karnali, Humla, Adanchuli

हुम्लाको सदरमुकाम सिमकोट देखि ४३ कोष टाढा रहेको कालिका गाविसमा आयोजना गरिएको धार्मिक महोत्सवमा दलितहरुलाई रोक लगाएको पाइएको छ । नेपालको संविधानको भाग ३ को धारा २४ मा जातिय छुवाछुत तथा भेदभाव विरुद्धको हकको व्यवस्था भएपनि हुम्लामा अझै उच्च जाति भनिनेहरुले दलितलाई विभेद गरेका हुन् । धार्मिक साँस्कृत सेवा समाज हुम्लाले कालिका गाविस लौठि गाउँमा मंसिर १६ गते देखि संचालन गरेको धार्मिक महत्सवमा तल्लो जाती भन्दै प्रवेश गर्न नदिएको श्रीनगर निवासी भिमबहादुर परियाले बताए । हुम्लाको दक्षिण ५ गाविसका बासिन्दाहरुको विवाह, वतवन्ध,लगन शुभकार्य, र दान लगायत संयुक्त रुपमा गर्ने भन्दै गरिएको आयोजनमा दलित लाई रोक लगाइएको हो । गर्न कम खर्च हुने भएपछि आफ्नो छोरा हिक सुनारको वर्तबन्धका लागि पुगेपनि दलित भन्दै महोत्सवमा प्रवेश गर्न नदिएको श्रीनगर ३ का भौरे सुनारले बताए । त्यस क्षेत्रमा बाहुन शाही, क्षेत्री र दलित समुदायको वाहुल्याता रहेको छ । प्रमुख जिल्ला अधिकारी डा कृष्ण बहादुर घिमिरेले धार्मिक महोत्सवमा दलितजातीका छोराको ब्रतबन्ध गर्न नदिनु भनेको अमानविय व्यवहार भएको बताए । सो बारेमा बुझी कानुन बमोजिम कारबाही गर्ने उनले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth na
National/Online Media

0 Comments