Incident Reports

कलेजमा तालाबन्दी

2016-11-23

Lumbini, Banke, Nepalgunj

नेपालगन्ज ९ मंसिर - कलेज अफ इन्जिनियरिङ् एण्ड म्यानेजमेन्ट प्रालि नेपालजन्जको लेखा र प्रशासन शाखामा बुधबार तालाबन्दी गरिएको छ । नेविसंघ बाँकेले क्याम्पसमा अध्ययनरत नेविसंघका ईकाई सभापति ज्ञानेन्द्र जोशीलाई सामान्य विवादमा निष्काशन गरेको बिरोधमा तालाबन्दी गरेको जनाएको छ । क्याम्पस प्रमुख अभिमन्यु पन्थीसँग भएको सामान्य विवादलाई लिएर जोशीलाई अनुशासन हिनताको आरोपमा हठात् निष्काशन गरिएको भन्दै नेविसंघले ताला लगाइदिएको हो। आन्दोलित भएको नेविसंघले चार बुदे माग राखेर तालाबन्दी गरेको छ । निष्काशनको निर्णय बदर गर्नुपर्ने, शुल्क निर्धारण वैज्ञानिक र व्यवहारिक गराउनुपर्ने, प्रयोगशाला र उपकरणको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन् । सामान्य विवादमा निष्काशन गरेर क्याम्पसका प्रमुख पन्थीले गलत निर्णय लिएकाले उक्त निर्णय अविलम्ब सच्याउन नेविसंघले आग्रह गरेको नेविसंघ बाँकेका अध्यक्ष पुर्ण आचार्यले जानकारी दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments