Incident Reports

Udgosh: Electricity officer beaten by electricity hookers

2016-11-22

Province 1, Morang, Sunwarshi, Ward 9

Rangeli - People involved in electricity leakage beat Nepal Electricity Authority, Rangeli officers mobilized to control the electricity leakage at Dainiya on Tuesday. As officers reached Muslim community of Dainiya-9 in order to control electricity hooking, they were beaten by the Mo. Kalam Miya leadership group. The officers have minor injuries. रंगेली - विधुत चुहावट नियन्त्रणका लागि खटिएका नेपाल विधुत प्राधिकरण रंगेली वितरण केन्द्रका कर्मचारी कुटिएका छन् । विधुत हुकिङ् नियन्त्रणका लागि मंगलबार साँझ डाइनिया पुगेका कर्मचारीमाथि विधुत चुहावट गर्नेहरुले कुटपिट गरेका हुन् । हुकिङ् नियन्त्रण गर्दै डाइनिया -९ मुस्लीम बस्ती पुगेका कर्मचारीहरुलाई स्थानीय डाइनिया-९ बस्ने मो. कलाम मियाँ नेत्रित्वको समूहले कुटपिट गरेका छन् । मियाँको कुटाइबाट नेपाल विधुत प्राधिकरण रंगेली वितरण केन्द्रका इन्जिनियर अमरजीत चौधरीलगायतका कर्मचारी सामान्य घाइते भएका छन् । हुकिङ् गरी विधुत चोर्नेको लाइन् विच्छेद गर्दैगर्दा आफ्नो कर्मचारीमाथि कुटपिट भएको नेपाल विधुत प्राधिकरण रंगेली वितरण केन्द्रका प्रमुख नविन लाभले बताए । उनले हुकिङ् गरी बरामद गरेको सामानसमेत लुटपाट भएको बताए । इलाक प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अभिचन्द्र रिजालका अनुसार छानवीन गरी कर्मचारी कुट्ने उपर आवश्यक कार्वाही हुने बताए । दक्षिण पुर्वी मोरङको ग्रामीण क्षेत्रका गाविसहरुमा विधुत चुहावट हवात्तै बढेपछि नेपाल विधुत प्राधिकरण रंगेली वितरण केन्द्रले केही समययतादेखि तीब्र रुपमा चुहावट गर्नेमाथि कार्वाही थालेको छ । प्राधिकरणले हुकिङ् गरी घरमा चलाउने गरेको टिभी, मोटरलगायत घरायसी उपकरणहरु समेत नियन्त्रणमा लिने गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
Total Injured 5
Local Newspaper - Morang

0 Comments