Incident Reports

पत्नीलाई कुटपिट गरेको आरोपमा पति गिरफ्तार

2016-12-07

Karnali, Humla, Simkot, Ward 7

डाडाफया गाविस-९ की २० वर्षीया देवकी सिंहलाई कुटपिट गरेको आरोपमा ३० वर्षीय पति धनजोक सिंहलाई प्रहरीले मङ्सिर २५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई २८ वर्षीय देवर देवराज सिंह र पतिले मङ्सिर २२ गते कुटपिट गरेको भन्दै पीडितले मङ्सिर २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । घटनामा संलग्न देवराज फरार रहेको प्रहरीले जनाएको छ । घरपरिवारले घरमा बस्न नदिने र खान लाउन नदिएपछि देवकी घर बाहिर पाल टाँगेर बस्दा पति र देवरले कुटपिट गरेको पीडितले आरोप लगाएकी छन् । पीडितले भनिन्-‘मलाई न्याय दिलाइदिनु होस । नत्र मलाई मार्छन् । वहाँले हत्या गर्ने धम्की दिनुभएको छ ।’ घटनाका आरोपित धनजोकको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयकी असई रुपाकुमारी सार्कीले बताइन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC , Local Newspaper - Jumla

0 Comments