Incident Reports

अकुपाई वालुवाटार प्रदर्शनकारी गिरफ्तार l

2013-04-09

आदरणीय सबैमा जानकारी तथा तुरुन्त रिहाईको लागि अपिल आज अकुपाई वालुवाटार अभियानको १०३ औं दिन चैत्र २७ गते २०६९ अकुपाइ वालुवाटारका अभियानकर्ताहरु १२ जनालाई शान्तिपूर्वक सधैंको समयमा बालुटारमा धर्ना दिर्ईरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुधा महर्जन, सुशिला महर्जन, इशान अधिकारी, विदुषी ढुंगेल, जगन्नाथ लामिछाने, प्रज्जवल, मुकेश श्रेष्ठ, नीर प्रकाश गिरी, कुञ्जन काफ्ले,महिश महर्जन, विक्रम श्रेष्ठ र उज्वल थापा छन् । उनीहरुको शिघ्र रिहाईको लागि अपिल गर्दछौं । दुई दिन अघिमात्र एक जना प्रहरी सडकमा बसेको भनेर ईशानलाई लगि ६ घण्टा पश्चात छाडिएको थियो भने आज अकुपाई वालुटार अभियानकर्ताहरुलाई सडक देखि १ मिटर पर नवसेको भन्दै लगिएको डिएसपी खापुङले बताएका छन् । लोत्रतन्त्रीक नेपालमा शान्तिसँग आफ्ना माग राखि धर्ना, जुलुस र आम सभा गर्न पाउने मानिसको राजनीतिक अधिकार हो साथै स्वतन्त्र पूर्वक आफ्नो अभिव्यक्ति राख्न पाउने अधिकार स्थापीत भएको अवस्थामा लगातार १०३ दिन अगाडी देखि शुरु भएको यस अभियानमा १०० दिन पश्चात अभियानकर्ताहरुको अधिकारमाथि कुण्ठा गरिएको प्रति हाम्रो घोर आपत्ति छ । कुनै पनि सार्वजनिक सुचना विनानै अभियानकर्ताहरुलाई पक्रिएर लैजाने जस्तो गतिविधी तुरुन्त रोक्न पनि हामी सरकारलाई आह्वान गर्दै मानवअधिकारका पक्षरत सम्पूर्ण व्यक्ति, संस्था र पत्रकारज्यूहरुलाई यस विषयमा ध्यानाकर्षण गर्न चाहन्छौं भने पक्राउपरेकालाई शिघ्र रिहाको लागि अपिल गर्दछौं । धन्यवाद अकुपाई वालुवाटार अभियानकर्ताहरुको तर्फबाट कला राई

0 Comments

Related Reports
Related Trend Analysis