Incident Reports

चारदिनसम्म रोल्पा बन्दको घोषणा

2016-12-15

RSS ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्र्याउने गरी सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयकविरुद्ध आजदेखि पुस ३ गतेसम्म रोल्पा तथा प्यूठान जिल्ला बन्दको घोषणा गरिएको छ । रोल्पा—प्यूठान संयुक्त सङ्घर्ष समितिको बुधबार प्यूठानको भिङ्गृमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । लामो समयसम्म आन्दोलन गर्दासमेत सरकारले सुनेन, अब आन्दोलनलाई थप सशक्त बनाउँछौँ, संयुक्त सङ्घर्ष समिति, रोल्पाका संयोजकसमेत रहेका नेपाली काँग्रेस रोल्पाका सभापति अमरसिंह पुनमगरले बताए । बन्दका कारण रोल्पामा बिहानदेखि यातायात, शिक्षण संस्था, बजार र कलकारखाना बन्द रहेका छन् । यसैगरी, दिउँसो जातीय सद्भाव कायम गर्न भन्दै सद्भाव ¥यालीसमेत निकालिने संयोजक पुनले बताए । आज बेलुका जिल्ला सदरमुकामलगायत विभिन्न स्थानमा राँके जुलुस निकालिने आयोजकले बताएका छन् । विधेयकको विरोधमा छुट्टाछुट्टै आन्दोलन गरिरहेका ५ नं प्रदेशमा पर्ने यी दुई जिल्लाले पुस १ देखि ३ गतेसम्म आम हडताल गर्ने बताइएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 300
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Parsa

0 Comments