Incident Reports

प्रदर्शनको १५ औं दिन: गुल्मीमा प्रहरी र प्रदर्शनकारीबीच झडप

2016-12-14

Lumbini, Gulmi, Resunga

व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धी विधेयकको विरोधमा गुल्मीमा जारी प्रदर्शनका क्रममा बुधबार झडप भएको छ । बुधबार गुल्मीको तम्घासमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । सुरक्षा घेरा तोडेर प्रदर्शनकारी महिला जिल्ला प्रशासन कार्यालयमा छिरेपछि तनाव भएको हो । बुधबार प्रदर्शनमा उत्रिएका गुल्मीका महिलाले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संविधान संशोधन फिर्ता गर्न मागसहितको पत्र बुझाएका छन् । सांसद कमला बिकको नेतृत्वमा प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय अगाडि पुगेको टोलीले सुरक्षा घेरा तोडेपछि केहीबेर तनाव भए पनि अहिले स्थिति सामान्य भएको छ । प्रदर्शनकारीले अहिले जिल्ला प्रशासन कार्यालय अगाडि सरकारविरुद्ध नाराबाजी गरिराखेका छन् । बुधबारको प्रदर्शनमा सयौंको संख्यामा महिलामात्र सहभागी छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Secondary Form Group Clash
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 50
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Trend Analysis