Incident Reports

बन्चरो प्रहार गरी पत्नीको हत्या गरेको आरोपमा पति गिरफ्तार

2016-12-15

Lumbini, Dang, Ghorahi, Ward 18

घोराही नपा-६ गिठेपानीकी ६० वर्षीया आइती विकको हत्या गरेको आरोपमा ६२ वर्षीय पति केशे कामीलाई प्रहरीले मङ्सिर ३० गते गिरफ्तार गरेको छ । घरमा बसिरहेकी पीडित महिलालाई मङ्सिर ३० गते बिहान आरोपितले एक्कासी टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । आरोपितलाई प्रहरीले घरैबाट गिरफ्तार गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले बताए । आरोपितले प्रहरी समक्ष अपराध स्वीकारेको पनि प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि राप्ती उप क्षेत्रीय अस्पतालमा राखिएको छ । घरायसी विवादका कारण घटना भएको भन्ने प्रहरी समक्ष आरोपितले बताएका छन् । आइतीले छोरा नजन्माएको आरोपमा पतिले यसअघि पनि पटक पटक कुटपिट गर्दै आएकाले हत्या गरेको छिमेकीले आरोप लगाएका छन् । आइतीका सात जना छोरी रहेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC , Police website

0 Comments