Incident Reports

वनकालीमा चक्कु हानेर युवकको हत्या, अर्का एक घाइते

2016-12-21

Bagmati, Kathmandu, Kathmandu

पशुपति वनकाली क्षेत्रमा चक्कु हानेर युवकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । बुधबार साँझ युवाहरुको समूहले झगडाका क्रममा सोनाम तामाङ र विजय गुरुङमाथि चक्कु प्रहार भएको थियो । घटनामा घाइते भएका १९ वर्षीय सोनामको उपचारका क्रममा केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएको प्रहरीले जनाएको छ । सुनसरी धरानका उनी बालाजुमा बस्दै आएका थिए । घटनामा १८ वर्षका विजय गुरुङ घाइते भएका छन् । उनको टाउको र कोखमा चोट लागेको छ र अवस्था गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् । प्रहरीका अनुसार सोनाम र विजयको समूहले कुटेका युवाहरुले बदला भावले उनीहरुमाथि चक्कु हानेका थिए । घटनामा संलग्न भएकाहरुको खोजी भइरहेको गौशला प्रहरीका डीएसपी नवराज कार्कीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Total Injured 1
National/Online Media , Police website

0 Comments

Related Reports