Incident Reports

पर्सा जिल्ला अदालतमा दिनभर तनाव, महिलहरुले गरे अपहरणकारीको समर्थनमा प्रदर्शन

2016-12-01

Madhes, Parsa, Birgunj

अपहरणकरीका समर्थनमा बिहीवार महिलाहरुले पर्सा जिल्ला अदालतमै प्रदर्शन गरेका छन। अपहरण तथा शरीर बन्धक र संगठित अपराधमा दोषी ठहर भएकाहरु बिरुद्ध सुनाइएको फैसलाको बिरुद्धमा उनिहरुले प्रदर्शन गरेका हुन। नेपाल प्रहरीकै जवान अरविन्द सिंह, हवल्दार विनय सिंह तथा भगवान सिंह, दिपक सिंह र बुजेश कुमार सिंह बिरुद्ध पर्सा जिल्ला अदालतले, सुनाएको फैसला विरोधमा महिलााहरुले विहिबार जिल्ला अदालत पर्सामा प्रदर्शन गरेका थिए। आफन्त पर्ने महिलाहरुले बिहीवार दिउसो जिल्ला अदालत पर्सा परिसअर अगाडि होहल्ला गर्दै प्रदर्शन गर्द अदालत परिसर बिहीवार दिन्भर तनावग्रस्त बनेको थियो। प्रदर्शनकरी मधे पाँचजन महिलालाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ। पक्राउ पर्नेहरुमा मन्जु सिंह, तशलीमा खतुन र ललिता देवी राय रहेका छन। उनिहरुलाई जिल्ला प्रहरी कार्यलय पर्साको महिला सेलमा राखीएको जिल्ला प्रहरी कार्यलय पर्साका प्रभाक्ता प्रहरी नायब उपरिक्षक चक्रराज जोशिले जानकारी दिए । महिलााहरुलाई नियन्त्रणमा लिने क्रममा स्थिती झन तनवपूर्ण भएपछि प्रहरीले लाथी चार्जे समेत गरेको थियो। सो क्रममा समाचार सन्कलन गर्न गएका इमेज टेलीभिजन च्यानलका पत्रकार अनिल तिवारीलाई प्रहरीले दुर्व्यवहार गार्दै हात्पात गरेको छ। महिलााहरु माथि गारीएको लाठी चर्जेको दृश्य खिचने क्रममा प्रहरीले पत्रकार तिवारीको मोबाइल खोसेर पटक-पटक भुइमा बजारेर फुटाइ दिनुका साथै हातपात पनि गरेको प्रत्यक्षदर्शीले बाताएका छन। गत फालगुन ५ गते विरगन्जका सुन व्यपारी राजेश कुमार साहलाई अपहरण गरेर फिरौती रकम असुलेको आरोपमा प्रहरीले चैत १३ गते नेपाल प्रहरी कै जवन अरविन्द सिंह, हावाल्दार विनय सिंह, तथा भगवान सिंह, दिपक सिंह र बुजेश कुमार सिंहलाई पक्राउ गरेको थियो। जिल्ला अदालत पर्सामा बधबार आठ नम्बर बेन्चको न्यायधिश राजेन्द्र नेपालको इजलाशले व्यक्ती अपहरण तथा शरिर बन्धक र संघठित अपराधमा दोशी ठहर गरी पाँच जान बिरुद नौ बर्षको कैद र पाँच लख ५० हजार रुपैया जरिवानाको फैसला गरेको थियो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Others
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments

Related Reports
Related Trend Analysis