Incident Reports

बोल्न नसक्ने बालिकामाथि सामुहिक बलात्कार

2016-12-21

Karnali, Jajarkot, Chhedagad

जाजरकोटमा बोल्न नसक्ने एक बालिका सामुहिक बलात्कारमा परेकी छन्। झाप्रा–१ की १४ वर्षीया बालिका गाउँमै लाग्ने मेलाबाट फर्कनेक्रममा बिहीबार बेलुका बलात्कारमा परेकी हुन्। बलात्कारको अभियोगमा झाप्रा–२ का २० वर्षीय विश्व थापा र झाप्रा–१ का २२ वर्षीया पदम महरलाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ। तर, पाँच लाख रुपैयाँ दिएर गाउँमै कुरा मिलाउन पिडक पक्षले पीडित बालिकाका बुवालाई दबाब दिइरहेको खुलेको छ। बलात्कारमा परेकी ति बालिका साथीहरुसँगै मेला गएकी थिइन्। तर, केटाहरुले बोल्न नसक्ने ति किशोरीलाई समातेपछि उनका साथीहरु भागेर जोगिएका थिए। मेला गएकी छोरी रुदै घर आएपछि बलात्कारमा परेको थाहा भएको र तत्काल प्रहरीलाई खवर गरेको बालिकाका बुवाले बताए। भागेका साथीहरुका हुलियाका आधारमा प्रहरीले थापा र महरलाई पक्राउ गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC , Local Newspaper - Jumla

0 Comments