Incident Reports

श्रीमतीको हत्या गरी आत्माहत्या

2016-12-24

Bagmati, Bhaktapur, Changunarayan

चाँगुनारायण नगरपालिका(३, छालिङ्ग थापागाउँका ४४ वर्षीय ज्योतिराज थापाले आफ्नी श्रीमतीको हत्यापछि विष सेवन गरी आत्माहत्या गरेका छन् । शनिबार दिउँसो आफ्नी श्रीमतीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेपछि आफूले पनि विष सेवन गरी थापाले आत्माहत्या गरेको प्रहरीले जनाएको छ । घटनापछि थापा स्वयंले प्रहरीसमक्ष आई जानकारी गराएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी कृष्ण प्रसाईंले बताए । प्रहरीलाई जानकारी गराएको केही क्षणमै थापाको मृत्यु भएको प्रसाईंले बताए । थापाको छोरा अस्ट्रेलिया रहेको र छोरीसमेत विवाहित भएकाले घरमा उनीहरु दुई जनामात्र बसोबास गरिरहेको पाईएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रसाईंले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , INSEC

0 Comments