Incident Reports

बझाङ उद्योग वाणिज्य संघको निर्वाचनमा हुलदंगा, प्रहरीद्वारा लाठीचार्ज

2016-12-28

Sudurpashchim, Bajhang, Jaya Prithivi

बझाङ उद्योग वाणिज्य संघको निर्वाचनस्थलमा दंगा भएको छ । हुलदंगा एकजना प्रहरी जवान घाइते भएका छन् भने निर्वाचनको लागि प्रयोग भएका केही फर्निचरहरु तोडफोड भएका छन् । मतदान भइरहेको बेला एकजना मतदाताको फोटो रुजु गर्ने विषयमा भएको विवाद बढ्दा हुलदंगा सुरु भएको हो । भीडबाट प्रहार भएको ढुङ्गा लागेर प्रहरी जवान प्रकाश भण्डारी घाइते भएको प्रहरी नायव निरीक्षक राधाकृष्ण नाथले बताएका छन् । उनको आँखामा चोट लागेको छ । हुलदंगा नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गरेको थियो । प्रहरीको लाठीबाट केही व्यापारीहरुलाई सामान्य चोट लागेको भए पनि कतिजना घाइते भएका छन् भन्ने एकीन भएको छैन । हुलदंगा हुँदा केही फर्निचर, निर्वाचन सामग्री र विद्युत आपूर्ति प्रणालीमा क्षति पुगेको छ । मतदानस्थलको अवस्था तनावग्रस्त भएपछि निर्वाचन स्थगित गरिएको थियो । दिउँसोसम्म खसेका ३ सय ४४ मत र बाँकी मतपत्रहरु सुरक्षित रहेको निर्वाचन अधिकृत कर्णबहादुर खातीले बताएका छन् । हुलदंगा नियन्त्रण गर्न दंगा नियन्त्रण गर्ने उपकरणसहित थप प्रहरी निर्वाचनस्थलमा खटाइएको छ । होहल्ला शान्त भएपछि केहीबेरपछि निर्वाचन सुरु हुने निर्वाचन मण्डलले जानकारी दिएको छ । अहिले निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्ल र निमित्त प्रहरी नायब उपरीक्षक हिक्मत सिंह भण्डारी निर्वाचनस्थलमा पुगेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media , Local Newspaper - Kanchanpur

0 Comments

Related Reports