Incident Reports

हेटौंडामा बालश्रमको प्रयोग

2016-12-22

Bagmati, Makawanpur, Hetauda

हेटौंडा उपमहानगर पालिकाको वडा नम्बर २८ र २९ मा पर्ने हाइवेमा संचालित होटेल तथा ग्यारेजहरुमा व्याप्त मात्रामा बालश्रमिकको प्रयोग रहेको पाइएको छ । बालश्रमको अवस्थाको विषयमा बिहीबार भएको अनुगमनको क्रममा ११ वर्षसम्मका बालकलाई काममा लगाएको अवस्था भेटिएको हो । हेटौंडा - २९ सान्टारस्थित आशिर्वाद एसी फुड होममा ११ देखी १६ वर्ष उमेर समुहका ४ जना बालकहरु भेटिएका हुन् भने दारिम्टारमा रहेको अल राउन्डर वोर्कसपमा १३ वर्षका १ जना बालक भेटिएका हुन् ।
Local Newspaper - Makwanpur

0 Comments