Incident Reports

खुकुरी प्रहार गरी वन रक्षकको हत्या

2017-01-01

Province 1, Taplejung, Mikwakhola, Ward 2

निजी र सामुदायिक वनबारेको बिवादले उग्ररुप लिँदा ताप्लेजुङमा आज सरकारी वन रक्षकको खुकुरी प्रहार गरी हत्या गरिएको छ । सदरमुकामबाट ४ कोष टाढा पर्ने खोक्लिङ गाविस वडा नम्बर ८ मा अवस्थित इलाका वन कार्यालयमा कार्यरत जुम्ला घर भएका वन रक्षक गणेश शाहीको आज बिहान ११ बजे हत्या भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । निजी वन र सामुदायिक बनको सीमाबारे विवाद भएपछि आज बिहान ६ बजे दुवै पक्षबीच बैठक भएको थियो । बैठकमा बिवाद भएपछि आक्रोशित स्थानीय सविन लिम्वुले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने लिम्वु फरार रहेको र उनको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ । हत्या प्रकरणबारे अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गरेको छैन । 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Police website , Local Newspaper - Morang , Local Newspaper - Jhapa

0 Comments

Related Reports