Incident Reports

श्रीमतीलाई जबर्जस्ती गर्न खोज्ने श्रीमान् पक्राउ

2017-01-01

Karnali, Dolpa, Jagadulla, Ward 1

आफ्नी श्रीमतीसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न खोजेको आरोपमा डोल्पाका एक पुरुष पक्राउ परेका छन् । काइगाउँ गाविस–९ बस्ने २४ वर्षीय विसाकुमारी विकका श्रीमान् गणेश विक पक्राउ परेका हुन् । उनले पटक पटक मादक पदार्थ सेवन गरेर श्रीमतीसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न दबाब दिने र नमानेपछि श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिट गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । बिहे गरेको तीन वर्षभित्र थुप्रै पटक कुटपिट गरे भन्ने श्रीमतीको उजुरीमा गाउँका भद्रभलाद्मी बसेर पटक पटक दुवैजनालाई मिलाउँदै आएका थिए । यसपटक भने असह्य भएरै न्याय खोज्न आफू सदरमुकामसम्म आइपुगेको श्रीमती विकले बताएकी छन् । उनी आफ्नो घरदेखि छ दिनको पैदल हिँडेर दुई वर्षीय छोरासहित सदरमुकाम दुनै पुगेकी हुन् । यो पटकको कुटाइबाट उनको शरीरभरि गहिरो चोट लागेको र विशेषतः टाउको र आँखामा गम्भीर चोट लागेको महिला तथा बालबालिकाको कार्यालय, डोल्पाले जनाएको छ । अभियुक्त विकलाई घरेलु हिंसाअन्तर्गत यौनजन्य हिंसामा मुद्दा चलाइएको प्रहरी नायब निरीक्षक तुलसीराम अर्यालले जानकारी दिनुभएको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Domestic violence
Secondary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments