Incident Reports

धादिङमा वृद्धामाथि यौन दुव्र्यवहार गर्नेहरु पक्राउ

2016-12-27

Bagmati, Dhading, Tripura Sundari, Ward 6

७३ वर्षीया वृद्धालाई बलात्कार गरेको गर्ने प्रयास गर्ने धादिङ जिल्लाको आगिन्चोक गाविस–२ का २३ वर्षीय च्यामे नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । परिवारमा कोही नभएकी बृद्धालाई मंगलबार राती घरमा सुतेको स्थानमा रक्सी खाएर गएका ओरोपीले बलात्कार प्रयास गरेका थिए । बृद्धाको संवेदनशिल अंगमा समाउने तथा घाउ लाग्नेगरि टोकेर र चिथोरेका कारण उनी गम्भीर घाइते भइन् । स्थानीयहरुका अनुसार वृद्धाले छिमेकीको घरमा मागेर खाँदै आएकी थिइन् । वृद्ध महिला गम्भीर घाइते भएकोले सल्यानटार स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि जिल्ला अस्पताल धादिङबेसीमा उपचार गरिएको छ । विहिबार आरोपी नेपाली विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता भएको प्रहरीले जानकारी दिएको छ । उनी माथि भएको घटनाका विषयमा इलाका प्रहरी कार्यालय सल्यानटारबाट खटिएको प्रहरी टोलीले आरोपीलाई पक्राउ गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments