Incident Reports

बालिका बलात्कार गर्नेलाई २० वर्ष कैद

2016-10-26

सात वर्षीया बालिका बलात्कार गरेको कसुरमा ४३ वर्षीय बावुलाई जिल्ला अदालत दाङले २० वर्ष कैद गर्ने फैसला गरेको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले पुस १८ गते आरोपितलाई बलात्कार घटनामा दोषी ठहर गर्दै २० वर्ष कैद तथा ३० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो । अदालतले बलात्कार गरेको ठहर गर्दै १० वर्ष र नाबालिकालाई करणी गरेको ठहर गर्दै थप १० वर्ष कैद गर्ने फैसला गरेको अदालतका श्रेस्तेदार गम्भीर रानाले बताए । पीडित बालिकालाई ०७३ कात्तिक ९ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले कात्तिक १० गते जिल्ला प्रहरी कार्यालय घोराहीमा उजुरी दिएकी थिइन् । आरोपितलाई कात्तिक १० गते नै गिरफ्तार गरी मुद्दा चलाएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १० गते राप्ती उपक्षेत्रीय अस्पतालमा गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments