Incident Reports

बहुविवाह गरेको आरोपमा गिरफ्तार

2017-01-03

Madhes, Siraha, Dhangadhimai, Ward 7

बहुविवाह गरेको कसुरमा विष्णुपुरकट्टी गाविस–१ का २१ वर्षीय कमल तामाङ र १७ वर्षीया बालिकालाई जिल्ला अदालतले जनही एक/एक वर्ष कैद तथा १५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश अमृतबहादुर बस्नेतको इजलासले पुस १९ गते सो फैसला गरेको सरकारी वकिल मनोज आर्चायले बताए । विष्णुपुरकट्टी गाविस–१ की १९ वर्षीया लक्ष्मी तामाङले आरोपितद्वयले फागुन ५ गते बहुविवहा गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा फागुन ८ गते उजुरी दिएकी थिइन् । इलाका प्रहरी कार्यालय लहानले आरोपितहरूलाई फागुन ९ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतले ०७२ चैत १ जनही ३५ हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

0 Comments