Incident Reports

पत्नीलाई कुटपिट गरी गम्भीर घाइते बनाउने गिरफ्तार

2017-01-01

Sudurpashchim, Bajura, Budhinanda, Ward 7

पाण्डुसैन-३ की ३० वर्षीया ज्ञानु जोशी रोकायालाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले ३८ वर्षीय पति जनकबहादुर रोकायालाई पुस २१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस १७ गते कुटपिट गरी बाँया हात भाँचिएको र दुवै आँखामा चोट लागेको भन्दै पीडित महिलाले पुस २० गते जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएकी थिइन् । पीडित महिलाको उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई गरिफ्तार गरिएको जिल्ला प्रहरी कार्यलयकी प्रहरी जवान सरीता गिरीले जानकारी दिइन् । उनले आरोपितविरुद्ध कुटपिटका साथै अङ्गभङ्ग गरेको आरोपमा मुद्दा चलाउन लागिएको बताइन् । पीडित महिलाको जिल्ला स्वास्थ्य कार्यलयमा उपचार भइरहेको छ । पतिको कुटाइका कारण पीडित महिलाको अनुहार, घाँटी र शरीरका विभिन्न अङ्गमा चोट लागेको उपचारमा संलग्न चिकित्सकले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments