Incident Reports

पति र छोराले निर्घात कुटे

2016-12-23

Gandaki, Kaski, Pokhara Lekhnath

लेखनाथ ताल्चोककी एक महिलामाथि पति र छोराले निर्घात कुटपिट गरेका छन। पती बाबुराम अधिकारी र सौतेला छोरा सुवास अधिकारीले कुटेर घाइते भएपछी ३६ बर्षिया सरस्वती अधिकारी पश्चिमाञ्चल छेत्रीय अस्पताल भर्ना भएकी छन। डेढ दुई महिनदेखी नै मनसिक यातना खेपेकी सरस्वती शुक्रबार राती कुटिएकी थिइन। खुडाले हान्दै सलले घाँटीमा बेरी लछारपछार गरेपछी सरस्वतीले हार-गुहार गरेकी थिइन। उनको गुहार सुनेर छिमेकी र प्रहरी पुग्दा पनि बाबुराम र सुवासले कोठा बन्द गरी कुटिरहेको प्रहरी अधिकारीले बताएका छन्।। 'म मरे भन्ठानेकी थिएँ', सरस्वतीले भनिन,'बेलैमा प्रहरी आईपुगेर बाचें। यसअघि कुटपिट भइरहे पनि परिवारको इज्जतका लागि बाहिर मुख नफोरेको उनले सुनाइन। कुटपिटबाट सरस्वतीको मेरुदण्डमा असर पुगेको छ। उनको शरीरमा थुप्रै घाउ लगेको स्वास्थ्यकर्मीले बताएका छन। शुक्रबार राती २ बजेतिर प्रहरीले आकास्मिक कक्षमा सरस्वतीलाई भर्ना गरेरै राख्नुपर्छ भन्ने यकिन छैन,ती नर्सले भानिन्। उनका पती बाबुराम र छोरा सुवासलाई प्रहरिले पक्रिसकेको छ। उनिहरुले हिरासतभित्रैबाट समेत फोनमार्फत धम्क्याउने गरेका छन। त्यसरी प्रहरी हिरासत भित्रैबाट समेत बाबुरामले धम्क्याएको भन्दै अधिकारकर्मीले पिडकलाई कडा कारबाही गर्न माग गरेका छन्। सरस्वतीले समेत आफुमाथि आक्रमण गर्नेलाई कारबाही गरी न्याय दिन माग गरेकी छिन्। उनले समाधानसँग भनिन्, 'मलाई यो हालतमा पुर्याउनेलाई कारबाही हुनुपर्छ, मलाई न्याय दिनैपर्छ।' उनले मेलमिलापको नाममा घटनाका दोषीलाई त्यसै नछाड्ने समेत बताएकी छिन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon , Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Local Newspaper - Kaski

0 Comments