Incident Reports

आज शैक्षिक हड्ताल

2017-01-10

महेन्द्रनगर – नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले आज (मंगलबार) शैक्षिक हड्ताल गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालत परिषद भित्रै कालोमोसो दल्ने आफ्ना कार्यकर्ताहरुलाई रिहा नगरेको भन्दै कन्चनपुर लगायत देशैभरी शैक्षिक हड्तालको आव्हान गरेको छन् । सोमबार क्रान्तिकारी कन्चनपुरले एक विज्ञप्ति जारी गरी केन्द्रीय सदस्य दव्य प्रकास शाही र चन्द्र बुढालाई विनासर्त रिहा गर्न माग गरिएको छ । क्रान्तिकारी कन्चनपुरका अध्यक्ष शंकर महराले जारी गरेको हस्ताक्षरमा भ्रष्टाचार विरुद्धको महाअभियानमा असहयोग गर्नेहरुलाई कडा भन्दा कडा कारबाही गर्ने आन्दोलनमा सहयोग गर्न समेत आग्रह गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 30
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur

0 Comments