Six years old boy Amrit Singh of Child friendly school in UKG at Nepalgunj Municipality-5 has been injured in a beating by his teacher Ganga Shrestha.
He was beaten by the teacher on charge of not being able to write properly. The boy sustained head injury in a beating and undergoing treatment at Teaching Hospital in Nepalgunj according to his parent Mahesh Singh. According to Singh, the boy had three stitches in his head.
Principal Bipin Gautam of the school said that action will be taken against the teacher. The victim’s party have not lodged any complaint till this news is published.
नेपालगञ्ज नपा-५ स्थित बालमैत्री विद्यालयको युकेजीमा अध्ययनरत ६ वर्षीय बालक अमृत सिंहलाई पुस २५ गते विद्यालयकी शिक्षिका गङ्गा श्रेष्ठले प्रहार गर्दा बालक घाइते भएका छन् ।
लेख्न नजानेको आरोपमा क्लीप बोर्डले प्रहार गर्दा बालकको टाउकोमा चोट लागेको छ । घाइते बालकको नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार भइरहेको अभिभावक महेश सिंहले बताए । उनले बालकको टाउकोमा तीन ओटा टाँका लागेको बताए ।
विद्यालयका प्रिन्सिपल विपिन गौतमले शिक्षिकाले कुटपिट गरेको स्वीकार गर्दै कारबाही गरिने बताए । पुस २६ गतेसम्म अभिभावकले प्रहरीमा उजुरी दिएका छैनन् ।