Incident Reports

अर्घाखाँची महोत्सवमा ढुंगामुढा, ऊर्जामन्त्रीलाई प्रहरीले जोगायो

2017-01-12

Lumbini, Arghakhanchi, Sandhikharka

प्रदेशबाट टुक्र्याउँदा केही फरक पर्दैन भन्ने अभिव्यक्ति दिएको भन्दै कार्यक्रममा उपस्थित नागरिकले उनी बोलिरहेको बेला स्टेजमा ढु्ङ्गामुढा प्रहार गरे । पुस २८ गतेबाट सुरू भएको अर्घाखाँची महोत्सव मेलाको उद्घाटन कार्यक्रममा आचार्य बोलिरहेको बेला नागरिकले ढुङ्गा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ । स्थिति तनावग्रस्त भएपछि नेपाल सरकारका उर्जा मन्त्री जनार्दन शर्मा मेलालाई सम्वोधन नगरी काठमाडौँ फर्किए । आचार्यको अभिव्याक्तिपछि आक्रोशित भएका नागरिकको ढुङ्गा प्रहारबाट पत्रकार प्रेम खडका सामान्य घाइते भए । निधारमा सामान्य चोट लागेपछि उनको उपचार जिल्ला अस्पतालमा भएको पीडित खडकाले बताए । बिहान हेलिकप्टर चार्टर गरेर मेलालाई सम्वोधन गर्न आएका उर्जामन्त्री जनार्दन शर्माले बिहान पत्रकार सम्मेलनमा ‘अर्घाखाँचीका जनतालई पोखरा पुग्नको लागि सुरूङ्मार्ग बनाउने’ बताएपछि यहाँका नागरिक आक्रोशित भएका थिए । माओवादी नेता आचार्यको अभिव्यक्तिपछि नागरिक आक्रेाशित हुँदै उनका विरूद्धमा नाराबाजी गरे । अन्तिममा आचार्यले सबैसँग आफ्नो अभिव्याक्तिले जनताको भावनामा चोट पुगेको र उक्त अभिव्याक्ति फिर्ता लिइ माफी मागेपछि वातावरण शान्त भएको थियो । नारायण भुसाल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Secondary Form Violent demonstration
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , INSEC , Local Newspaper - Sarlahi

0 Comments

Related Trend Analysis