Incident Reports

जाजरकोटमा देउता रिसाउने डरले गोठमै सुत्केरी

2017-01-15

Karnali, Jajarkot, Bheri

घरमै सुत्केरी गराउँदा देउता रिसाउने अन्धविश्वासले जाजरकोटको ग्रामीण भेगका अधिकांश सुत्केरीको ज्यान जोखिममा परेको छ । प्रसवपीडामा रहेका महिललाई घरमा नराखी गोठमा सुत्केरी गराउने गरिएको छ । रामीडाँडा, पैक, सक्ला, लहँ, डाँडागाउँ, रग्दा भगवतीलगायतका दुई दर्जन गाविसका महिला अझै पनि देउता रिसउने डरले गोठमै सुत्केरी हुने गरेका छन् । ग्रामीण भेगमा छुट्टै गाई बाँध्ने गोठ हुँदैन । एउटै घरको माथिल्लो तलमा मानिस बस्छन् र तल्लो तलामा गाईवस्तु राख्ने गर्छन् । बच्चाको न्वारनपछि घरबाहिरको सबै काम गर्नु परे पनि देउत रिसाउने डरले घरभित्र प्रवेश दिइँदैन । त्यहाँका सुत्केरीहरुले परिवारका सदस्यलाई छुन समेत पाउदैनन् ।
National/Online Media

0 Comments