Incident Reports

हतियारधारी समूहद्वारा दुहवीमा लुटपाट

2017-01-17

Province 1, Sunsari, Duhabi

नकाब लगाएका हतियारधारी समूहले सुनसरीको दुहवीभलुवा नगरपालिका–४ मा रहेको अग्रहरी प्रभात फुट प्रोडक्ट उद्योगबाट ७८ हजार नगद, पाँच थान मोबाइल र एक थान क्राइम कन्ट्रोल क्यामेरा मङ्लबार लुटेर लगेका छन्। अनुहार ढाक्ने गरी नकाब लगाएर आएका चारजनाको समूहले उद्योगमा हुलहुज्जतसँगै पेस्तोल देखाई पसेर उद्योगका प्रबन्धक जीतु अग्रहरीलाई नियन्त्रणमा लिई आक्रमण गरेको र त्यहाँ भएको पैसा मोबाइल र क्राइम कन्ट्रोल क्यामेरा समेत लुटेर लैजान सफल भएको बाताइएको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको बताउँदै इलाका प्रहरी कार्यालय दुहवीले लुट्न आएका सबैले नकाब लगाएको र सो स्थानमा भएको क्राइम कन्ट्रोल क्यामेरा समेत लुटेरा समूहले लगेका कारण लुटेराको पहिचान गर्न गाह्रो भएको भए पनि प्रहरीले खोजतलास जारी राखेको बताएको छ। लुटेरा समूहको आक्रमणबाट घाइते भएका प्रबन्धक जीतु अग्रहरीको स्थानीय उपचार केन्द्रमा उपचार गरिएको पनि इलाका प्रहरी कार्यालय दुहवीले जानकारी दिएको छ। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Robbery
Weapons Small arms
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Jhapa , Local Newspaper - Sarlahi

0 Comments

Related Reports