Incident Reports

बहुविवाह घटनाका आरोपित गिरफ्तार

2017-01-18

Province 1, Ilam, Illam, Ward 6

Kokila Dhakal इलाम नपा-३ की रेनुका चौहानको उजुरीका आधारमा बहुविवाह घटनाका आरोपित ३९ वर्षीय पति चन्द्रबहादुर चौहान र पाँचथर एकत्तिनकी ३५ वर्षीया राममाया बानियाँलाई प्रहरीले माघ ५ गते गिरफ्तार गरेको छ । आरोपितद्वयले दुई वर्षअघि विवाह गरेर पति वैदेशिक रोजगारीमा गएको र फर्किएपछि विवाहबारे थाह पाइएको भन्दै पीडित महिलाले माघ ४ गते उनीहरूविरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । गिरफ्तार गरिएका दुवैलाई जिल्ला अदालतमा बहुविवाहसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मोहन थापाले जानकारी दिए । कोकिला ढकाल

0 Comments