Incident Reports

विद्यार्थीहरूले नै तालाबन्दी गरेपछि पठनपाठन ठप्प

2017-01-04

Karnali, Surkhet, Birendranagar, Ward 8

वीरेन्द्रनगर नपा-१० खजुरास्थित सिद्धबहिरा बाल विद्यालयका विद्यार्थीहरू १५ दिनदेखि पठनपाठन गर्नबाट वञ्चित भएका छन् । विद्यालय व्यवस्थापन समिति गठनको विवादको कारण सो विद्यालयका प्राधानाध्यापक चन्द्रबहादुर कार्कीलाई हटाउनु पर्ने माग राखी विद्यार्थीहरूले नै तालाबन्दी गरेपछि उनीहरू पठनपाठन गर्नबाट वञ्चित भएका हुन् । कक्षा ७ सम्म अध्यापन हुने सो विद्यालयका ६५ जना बालबालिकाहरूले प्रधानाध्यापक चन्द्रबहादुर कार्कीलाई हटाउनुपर्ने, विद्यालय व्यवस्थापन समिति तत्काल गठन गर्नुपर्ने, विद्यालय र छात्रावासको भैतिक सुधार तथा आगामी शैक्षिक सत्रदेखि कक्षा ८ सम्म अध्यापन गराइनुपर्ने लगायतका माग राखी ०७३ पुस २० गते विद्यार्थीहरूले विद्यालयमा तालाबन्दी गरेपछि उनीहरूको पढाइ प्रभावित बनेको हो । प्रअ कार्कीले विद्यालयको भौतिक पुर्वाधार विकासमा चासो नदेखाएको र साङ्केतिक भाषा अनुरुप अध्यापन नगराएको आरोप लगाउँदै विद्यार्थी आन्दोलित बनेका हुन् । उनले पढाउने विज्ञान विषयको किताबसमेत उनीहरूले च्यातेर फालेको बताइएको छ । ताला खोलेर विद्यालय सञ्चालन गर्न पुस २५ गते प्रअ कार्की, अभिभावक र पूर्व विव्यसका पदाधिकारीहरू भेला भए लगत्तै विद्यार्थीहरूले आफूमाथि हातपातसमेत गरेको कार्कीले बताए । सो हातपातको घटना भएयता प्रअ कार्की विद्यालय आउन सकेका छैनन् । हालसम्म ताला खुलाउने विषयमा कुनै पहल नभएको अभिभावकले जनाएका छन् । प्रअ कार्कीले ०७३ मङ्सिर ९ गते विव्यस गठन गर्दा सो विद्यालयका विव्यसका पूर्व अध्यक्ष, अन्य अभिभावक र जिल्ला शिक्षा कार्यालयलाई समेत जानकारी नदिई मनोमानी तवरले विव्यस गठन गरेको विव्यसका पूर्व अध्यक्ष लोमन बुढाको आरोप छ । साङ्केतिक भाषाको विद्यालय भएका कारण विवादको टुङ्गो लगाउन समस्या भएको, प्रअलाई हटाउनैपर्ने मागप्रति जिल्ला शिक्षा कार्यालयले तत्काल निर्णय दिन नसक्ने भएकोले विवाद जारी रहेको जिल्ला शिक्षा कार्यालय सुर्खेतका निमित्त जिल्ला शिक्षा अधिकारी भोजप्रसाद पोखरेलले बताए । आफ्ना मागहरू पूरा गर्नुपर्ने भनी सो विद्यालयका विद्यार्थीहरूले पुस २१, २५ र माघ ४ गते जिल्ला शिक्षा कार्यालयमा धर्नासमेत दिएका थिए । सो विषयमा जानकारी पाएपछि इन्सेक जिल्ला प्रतिनिधिले विद्यालय परिवार, अभिभावक, विव्यसका पूर्व पदाधिकारी, प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा कार्यालयसम्म छलफल, भेटघाट र समन्वय गरी ताला खोलेर विद्यालय सञ्चालन गर्न ध्यानाकर्षण गराएपछि जिल्ला शिक्षा कार्यालयले तत्काल विद्यालयको ताला खोली विद्यालय सञ्चालनमा ल्याउने तयारी गरिरहेको निमित्त जिल्ला शिक्षा अधिकारी पोखरेलले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 65
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports
Related Trend Analysis