Incident Reports

बुहारीलाई डर धम्की देखाइ तीन वर्ष देखी यौन दुर व्यवहार गर्ने पक्राउ

2016-11-25

Sudurpashchim, Kanchanpur, Beldandi, Ward 3

बेल्डाँडी नगरपालिका २ चन्दन वस्तीकी एक महिलाले आफ््नै ससुराबाट यौनशोषण गरेको भन्दै बुधबार महेन्दनगरमा पत्रकार सम्मेलन गरेकी छिन् । पत्रकार सम्मेलनमा उनले विगत तीन वर्षदेखि ससुरा भानुभक्त भट्टले यौनशोषण गर्दै आएको बताइन् । बिवाह गरेको पहिले हप्तामै पहिलो पटक ससुराले आफ््नो कोठामा आएर जबरजस्ती यौन शोषण गरेको उनले बताइन्। श्रीमान बिवाह भएपछि पढ््न जिल्ला बाहिर गएपछि ससुराले धम्क्याउदै जबरजस्ती गरेको तर घर बिग्रन्छ भनेर कसैलाई नि नभनेको दुखेसो व्यक्त गर्दै उनले भनिन्, “बदनाम हुने डरले कसैसँग भनिन्।” आफ््नो मागी बिवाह भएपनि घरपरिवारले बिवाह दर्ता समेत नगरिदिएको उनको गुनासो छ । बिवाह हुनु पूर्वदेखि नै भट्टले आफ््नो पिछा गरेको बताइन् । “श्रीमान् त २०७१ असार ६ गते बिवाह भएपछि मात्र देखेकी हुँ उनले भनिन् ।” ससुराले आफुमाथि गरिरहेको यौनशोषण थाहा पाएपछि श्रीमान््ले समेत हेला गर्न थालेका र परिवारका अन्य सदस्यले गाली गलौच गर्ने गरेको उनले बताइन् । पटक पटक यौनशोषणमा परेपछि असह्य भएर न्याय माग्न प्रहरीमा पुगेको उनको भनाइ छ । उनले गत मंसिर १० गते ससुराले घटना पुन ः दोहोप्याएपछि गाउँकै स्थानीय प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो । अहिले उनको मुद्दा जिल्ला प्रहरी कार्यलयमा पुगेको छ । पीडित युवतीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जबरजस्तीकरणीमा मुद्दा दायर गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी नैनसिंह कार्कीले मंसिर २९ गते आएको उनको उजुरी पुष १ गते दर्ता गरिएको बताए । आरोपी भट्ट २० दिनदेखि प्रहरी हिरासतमा छन् । प्रवक्ता कार्कीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । “ प्रहरीले आरोपितलाई पक्राउ गरेर हिरासतमा राखेको छ ।” प्रहरी प्रवक्ता कार्कीले भने, “अनुसन्धान भइरहेको छ ।” एकदुई दिन भित्रै सरकारी वकिल कार्यालयमा पेश गर्ने तयारी भइरहेको समेत उनले बताए । आरोपित ससुरा भानुभक्त भट्ट नेपाली काँग्रेस क्षेत्र नम्बर १ का क्षेत्रिय सचिव र महाकाली सिँचाई केन्दिय जलउपभोक्ता समितिका उपाध्यक्ष समेत हुन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Kanchanpur

0 Comments