Incident Reports

बाँचे बुढाले हानेको गोली लागेर बाटुली घाइते

2017-01-21

Karnali, Humla, Chankheli, Ward 6

हुुम्लाको मेल्छाम–१ का बाँचे बुढाले गोली हान्दा मेल्छामकै बाटुली बुढा घाइते भएकी छिन् । राति १२ बजे रक्सीले मातेका बुढाले बाटुलीको दाइलाई मार्ने भन्दै गोली हान्दा बहिनी बाटुलीलाई लागेपछि उनी घाइते भएकी हुन् । भरुवा बन्दुकको गोलीको छर्राले अनुहारमा लाग्दा बहिनी घाइते भएको दाइ हंश बुढाले बताउनुभयो । घाइते बाटुलीको दाइ लाल बहादुर बुढालाई गोली हान्दा उनलाई नलागी घरको भित्तामा लागेको थियो । भित्तामा लागेको गोलीको छर्रा लागेर बाटुली घाइते भएकी हुन् । गोली प्रहार गर्ने बाँचे बुढा फरार रहेको पिप्लागं प्रहरी चौकीले जनाएको छ । यस घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा डिएसपी कमलप्रसाद नेपालले आफू कहाँ केही खबर नआएको बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Small arms
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
National/Online Media , Local Newspaper - Jumla

0 Comments

Related Reports