Incident Reports

नातामा भान्जी पर्ने एक बालिका बलात्कार गर्ने पक्राउ

2017-01-16

बाजुरामा भान्जी नाता पर्ने एक बालिका बलात्कार गर्ने व्यक्ति पक्राउ परेका छन् । पीडकले ती एघार वर्षिया बालिकालाई ललाई फकाई जंगलमा लगेर मुखमा कपडाले बाँधेर बलात्कार गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक दल बहादुर बोगटीले माघीको अवसरमा दिदीको घरमा कोसेली पुर्‍याउन आएका पीडकले फर्किने बेलामा ब्रह्मतोला जाने बाटो देखाइदेउ भन्दै भान्जीलाई साथै लिएर हिँडेका थिए । बालिकालाई जर्बजस्ती गरि फरार भएका पीडकलाई आइतबार पक्राउ गरिएको छ । प्रहरीका अनुसार पीडित बालिकाको जिल्ला स्वास्थ्य कार्यालयमा उपचार गरी आफन्तको जिम्मा लगाइएको छ । बालिकाको अवस्था सामान्य रहेको छ । पीडक विरुद्ध जर्बजस्ती करणी ऐन अनुसार जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता भइसकेको प्रहरी नायब उपरीक्षक बोगटीले जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Kanchanpur

0 Comments