Incident Reports

विराटनगरमा जग्गा कारोबारी हात र खुट्टाको नशा काटेर पासो लगाएको अवस्थामा मृत भेटिए

2017-01-24

Province 1, Morang, Biratnagar

(PR) उपमहानगरपालिका–४ हिमाली टोलमा मंगलबार दिउँसो जग्गा कारोवारी राधा घिमिरेको विभत्स हत्या गरी पंखामा झुण्डिएको अवस्थामा शव फेला परेको छ । केहीदिनदेखि घरमा एक्लै बस्दै आएका घिमिरेको दुवै हात, खुट्टाका नसा र शरिरका विभिन्न ठाउँमा ब्लेडले काटेर सलले घाँटीमा बाँधेर पंखामा झुण्डिएको अवस्थामा प्रहरीले शव फेला पारेको हो । यो हत्यासहित पाँच महिनाको अवधीमा विराटनगरमा ६ जनाको विभत्स तवर हत्या भएको छ । स्थानीयवासीका अनुसार करिव ५५ वर्षका घिमिरेकी श्रीमती इन्दिरा उपचारकालागि माघ १ गते भारतको सिलिगुडी गएकी थिइन् । अष्ट्रेलीयाबाट एक महिनाअघि घर आएका छोरा सौरभ तीन दिनदेखि मधुमारास्थित ससुराली घरमा बसेका थिए । उनी बिहीबार पुन: अष्ट्रेलिया फर्कने तयारीमा थिए । घटनास्थलमा सुसाइड नोट भेटिएकाले आत्महत्या भएको प्रहरीको प्रारम्भीक अनुमान छ । मोरङका प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीका अनुसार घटना स्थलमा फेलापरेको सुसाइड नोटमा परिवार प्रति वितृष्ण बढेको उल्लेख गरिएकाले प्रहरी आत्महत्या हो भन्ने प्रारम्भीक अनुसन्धानमा पुगेको हो । उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको र उक्त सुसाइड नोटको प्रमाणीकरणपछि घटनाको थप रहस्य खुल्न सक्छ । प्रहरीले फेला पारेको सुसाइड नोटमा परिवार प्रति तिव्र असन्तुष्टि पोखिएको पाइएको प्रहरीले बताएको छ । घिमिरे केही वर्ष पहिला निजामती सेवाबाट सेवा निवृत्त भएका थिए । त्यसपछि जग्गाको कारोबार गर्दै आएको उनका छिमेकीहरुको भनाई छ । दुवै हात खुट्टाका नसा र शरिरका विभिन्न स्थानमा ब्लेडले काटेर आफैं पासो लगाएर पंखामा झुण्डीने सम्भावना नरहने छिमेकीहरु दाबी गर्छन् । घटनास्थलमा भेला भएका उनका छिमेकीहरु घटना नियोजीत भएको बताउँछन् । ‘घरमा कोहीपनि थिएन । लास घरको पहिलो कोठामा फेला परेको छ । घरको सबै ढोका खुल्ला छन्,’ एक छिमेकीले भने, ‘कसैले हत्या गरेर भागेको हुनसक्छ ।’ घटनास्थलमा प्रहरीले काट्न प्रयोग गरिएका ब्लेड र हात धुन प्रयोग गरिएको पानी फेला पारेको छ । उनको लासको पोष्टमार्टम स्थानीय कोसी अञ्चल अस्पतालमा गरिएको छ । भदौ र असोजमा विराटनगरमा ५ युवाको विभत्स हत्या भएको थियो । भदौ अन्तिम सात उपमहानगरपालिका–१३ सिद्धार्थ टोलमा अक्सफोर्ड होस्टल सञ्चालक २१ वर्षीय विनोद यादवको आर्थिक लेनदेनको विवादमा उनकै साथीले टाउको, भुँडी र खुट्टा अलग–अलग बनाएर विभत्स हत्या गरेका थिए । त्यसलगत्तै मोरङको लेटाङ नगरपालिका–९ भालु गौडे बस्ने वर्ष १७ का सोनम गुरुङ र १५ वर्षीय दिपेन गुरुङको पनि उनकै साथीले छुरा प्रहार गरी विभत्स हत्या गरेका थिए । त्यसपछि उपमहानगरपालिका ५ का १९ वर्षीय अंकीत दाहालको सामूहिक हत्या भयो । उनको पनि धारीलो हतियारले घाँटी र भुँडी रेटेर हात र खुट्टा डोरीले बाँधेर नालामा फ्यालेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । उक्त घटना लगत्तै विराटनगर–५ का विपिन ढकालको पनि उनकै साथीले हत्या गरेका थिए । आर्थिक लालच, लागूऔषध र मदिरा सेवनका कारण पछिल्लोपटक मोरङमा हत्याका घटना बढ्दै गएको प्रहरीको निष्कर्ष छ । पछिल्लो पाँचैजना युवाको हत्या आर्थिक लालच, लागूऔषध र मदिरा सेवनका कारण भएको पुष्टी भएको पाइएको एसपी भण्डारीको भनाई छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Morang

0 Comments

Related Reports