Incident Reports

दस अवतार मन्दिरमा तालाबन्दी

2017-01-24

Bagmati, Kathmandu, Kathmandu

आफूहरूलाई थाहै नदिई पुनर्निर्माण सुरु गरेको भन्दै पुजारीसहित स्थानीयवासीले त्रैलोक्यनारायण (दस अवतार) मन्दिर पुनर्निर्माणमा रोक लगाएका छन् । ठेकेदारले जस्ताले बारेर बनाएको गेटमा उनीहरूले ताला लगाइदिएका छन् । ‘हाम्रो चासो र सरोकारको मन्दिर कसरी पुनर्निर्माण हुँदै छ भनेर हामीले पनि थाहा पाउनुपर्छ,’ दसअवतार मन्दिरका पुजारी दीपकप्रसाद श्रेष्ठले भने, ‘हामीले यस विषयमा धेरैपटक चासो दियौं । हामीलाई पनि सहभागी गराउनुस् भन्यौं । तर, टेरपुच्छर लगाएनन् । त्यही भएर यो कदम चाल्न बाध्य भयौं ।’ पुरातत्त्व विभागले यो मन्दिर पुनर्निर्माणका लागि ठेक्का दिइसकेको छ । ठेक्कामा दिँदा सम्पदा नष्ट हुन्छ भन्दै स्थानीयवासीले ज्यालामा काम दिन माग गर्दै आएका छन् । यसको ठेक्का पाकृतिक सानो सुवाल (जेभी) ले पाएको छ । गत भदौमा निर्माण सम्झौता भइसकेको छ । निर्माण सम्झौता भएको ६ महिनासम्म पनि पुनर्निर्माण सुरु भएको थिएन । पुरातत्त्व विभागका अनुसार २०७५ असोजमा निर्माण सम्पन्न गर्ने गरी ३ करोड ७५ लाख रुपैयाँमा निर्माण सम्झौता भएको हो । काम सुरु गरेको छैन भने पनि बार लगाएर काम थालेको भन्दै स्थानीयले विरोध गरेका हुन् । ‘सम्पदाको निर्माणमा संवेदनशील हुनुपर्छ,’ श्रेष्ठ भन्छन्, ‘तर कामदारले जथाभावी खन्दै गरेको देख्यौं । पुरातत्त्व बुझेको मान्छेको रोहबरमा काम हुनुपथ्र्यो ।’ पेलेर काम गर्न थालेपछि रोक्न बाध्य भएको स्थानीयवासी बताउँछन् । ‘ठेक्कामा गइसकेपछि यही मोडलमा कसरी काम गर्ने भनेर हामीले छलफल गरिरहेका थियौं,’ सम्पदा पुनर्निर्माणलगायत स्थानीय काममा जनसहभागिता जुटाउन गठन भएको कान्तिपुर विकास समितिका प्रवक्ता गणपतिलाल श्रेष्ठ भन्छन्, ‘तर स्थानीयवासीलाई पेलेरै लैजाने नीति पुरातत्त्व विभागले बनायो । सम्पदा बनाउने नाममा मास्ने षड्यन्त्र भइरहेको छ । हामी कुनै हालतमा पनि सम्पदा नासिन दिँदैनौं । अब वसन्तपुर क्षेत्रमा बन्ने कुनै पनि मठ मन्दिर, दरबार ठेक्कामा बन्न दिँदैनौं ।’ पुरातत्त्व विभागले भने मन्दिर बनाएको नभई पेटी मात्रै भत्काएको दाबी गरेको छ । ‘स्थानीयवासीलाई चित्त बुझाएरै काम अघि बढाउँछौं,’ पुरातत्त्व विभागअन्तर्गतको हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यालयका इन्जिनियर गोपाल झा भन्छन्, ‘सहमति गरी हामी निकासातिर जानुपर्छ ।’
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis