Incident Reports

चितवन मेडिकल कलेजका सञ्चालक न्यौपाने माथि आक्रमण

2017-01-24

Bagmati, Chitawan, Bharatpur

न्यौपानेले भने। प्रहार किन भयो भन्ने बारे केही सोच्न नसकेको उनले बताए। आक्रमणको जानकारी आउँदा साथ प्रहरी परिचालन गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दीपक थापाले बताए। ‘हामीले डिएसपीको नेतृत्वमा आक्रमणकारी खोज्न टोली खटाएका छौं । विभिन्न जानकारीहरु बटुलेर आक्रमणकारीको पहिचान गर्दै छौं’ एसपी थापाले भने। अस्पतालमा हुने गरेका पछिल्ला विवादका कारण आक्रमण हुने सम्भावना रहेको उनले बताए। अस्पतालमा केही समयअघि एकजना सुत्केरीको निधन भएपछि अस्पताल विरुद्ध आन्दोलनसमेत भएको थियो। ‘केही दिनअघि पनि एकजना बिरामी बच्चाको आफन्तले अस्पतालमा झगडा गरेको भन्ने सुन्नमा आएको छ । अहिले नै यही कारणले आक्रमणको प्रयास भयो भनेर भन्ने अवस्था चाही छैन। तर हामी विभिन्न पाटोमा रहेर बुझ्दै छौं’ एसपी थापाले भने।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Totally damaged Vehicles 1
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments

Related Reports
Related Trend Analysis