Incident Reports

सन्शोधन प्रस्तावको बिरुद्धमा कालो झन्डा सहित धर्ना

2017-01-04

सरकारले संबिधान संशोधनमा ५ नम्बर प्रदेश टुक्राएर दर्ता गरेको संशोधन प्रस्तावको बिरोधमा गुल्मीमा बुधवार कालो झन्डा सहीत प्रदर्शन गरिएको छ। सरकारले संशोधन प्रस्ताव फिर्ता गराउन दबाब दिन भन्दै संयुक्त संघर्श समिती गुल्मीको आयोजनामा जिल्ला प्रशासन अगाडि बुधवार दिउसो १ बजेदेखी २ बजेसम्म धर्नासङै नागरिकहरुले हातमा कालो झन्डा लिएर नारबाजी सहित प्रदर्शन गरेका हुन। 'सिमान्कन हेरफेर गर्न पाईदैन, ५ नम्बर प्रदेश टुक्र्याउन पाइदैन, राष्ट्रघाती प्रस्तव फिर्ता गर जस्ता नारा लगाउदै संघर्ष समितीले बिरोध गरेको थियो। बिरोध कार्यक्रम अन्तर्गत आन्दोलनको ३६ औँ दिनमा नाराबाजी सहित जिल्ला प्रशासन कार्यालय अगाडि कालो झन्डा देखाउदै 'सिमांकन हेरफेर गर्न पैदाइन, पाँच नम्बर प्रदेश टुक्र्याउन पाइदैन, राष्ट्रपती प्रस्ताव फिर्ता गर जस्ता नाराहरु लगाउदै प्रदर्शन गरेका थिए। उनिहरुले जनताको भावना विपरित ल्याइेको प्रस्ताव अविलम्ब फिर्ता लिएर अगाडि बढ्न सरकारलाई आग्रह गरेका छन। गुल्मीको आन्दोलनमा अध्योग वाणिज्य संघ, पत्रकार महासंघ, नागरिक समाज, नेपाली काङ्रेस, एमाले लगायत ११ दलको समर्थन र एक्यबद्दतामा चरणबद्ध आन्दोलन हुँदै आएको छ। साथसाथइ, पाल्पा सम्वाददाताका अनुसार प्रदेश नं ५ लाई विभाजन गर्ने कार्यको बिरुद्धमा संयुक्त संघर्ष समिती रामपुरमा जनसभा गरेको छ। उनिहरुले प्रदेश बिभाजन गर्ने षडयन्त्र प्रती आपत्ति जनाएका छन।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Palpa

0 Comments

Related Trend Analysis