Incident Reports

छात्रालाई यातना दिँदा बेहोस, अस्पताल भर्ना

2017-01-25

Lumbini, Palpa, Ribdikot

RSS गृहकार्य नगरेको भन्दै शिक्षकले यातना दिँदा एक छात्रा बेहोस भएकी छिन् । भैरवजनता माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत सुस्मिता रुचाललाई शिक्षकले यातना दिँदा (कुखुरा बनाउँदा) बेहोस भएपछि अस्पताल भर्ना गरिएको छ। शिक्षक चिरञ्जीवी बास्तोलाले विदामा दिएको गृहकार्य नगरेको भन्दै एक घण्टासम्म कुखुरा बनाउँदा बेहोस भएर लडेको पीडित विद्यार्थीले बताईन्। सोमबार दिउँसो पाँचौ घण्टीमा सजाय दिएकै बेला बेहोस भएपछि शिक्षकहरुले नजिकको स्वास्थ्य चौकी पु¥याएका थिए। रुचालको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ। विद्यालयका प्रअ नारायण कुँवरले छात्रामा अन्य स्वास्थ्य समस्या पनि रहेको बताए। शिक्षकको कमजोरी भए छानविन गरेर कारवाही हुने उनले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments