Incident Reports

माओवादी कार्यकर्ताद्वारा जिल्ला शिक्षा अधिकारीमाथि दुर्व्यवहार

2017-01-25

Province 1, Morang, Biratnagar

नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीको भातृ सङ्गठन अखिल क्रान्तिकारीले माघ १२ गते मोरङका जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनाललाई दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । कार्यलयमा बसिररहेको अवस्थामा शिक्षक नियुक्तिमा भ्रष्टाचार गरेकोलगायतका आरोप लगाउँदै माओवादी कार्यकर्ताले मोसो दलेर दुर्व्यवहार गरेको पीडित पक्षको भनाइ छ । ६ जनाको समूहमा जिल्ला शिक्षा कार्यालय पुगेका अखिल क्रान्तिकारीमा आबद्ध कार्यकर्ताले जिल्ला शिक्षा अधिकारी खनाललाई आफ्नै कार्यकक्षबाट प्रशासन फाँटमा बोलाएर मोसो दलेका हुन् । खनालले कमिशन खाएर ऐन नियम विपरीत विद्यालय व्यवस्थापनको सहमति बेगर शिक्षकहरूको सरुवा गरेको, विद्यालय भवन निर्माण कार्यक्रम प्राविधिकको सल्लाह बेगर वितरण गरेको र कमिशन खाएर शिक्षक तथा कर्मचारीहरूको सरुवा गरेकोले मोसो दलेको नेकपा माओवादीका मोरङ इञ्चार्ज पुस्कर श्रेष्ठले बताए । आफूहरूले पटकपटक सच्चिन आग्रह गरेपनि नसच्चिएकाले मासो दलेर कारबाही गरेको श्रेष्ठले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC , Local Newspaper - Morang , Local Newspaper - Saptari

0 Comments

Related Reports
Related Trend Analysis