Incident Reports

भारतहुँदै कुवेत लैजान लागेका तीन महिलाको प्रहरीद्धारा उद्धार ।

2017-01-27

भारत हुँदै कुवेत लैजान लागेको अवस्थामा माघ १४ गते तीन जना महिलाको प्रहरीले उद्धार गरेको छ । तीन जना महिलालाई भारतको दिल्ली हुँदै कुवेत लैजाने भन्दै यम गुरुङले मोटो रकम दिने आश्वासनका साथ म्याग्दी घर बताउने धनबिर पुनको जिम्मामा बर्दियाका स्थानिय एजेण्टका रूपमा सिमा पार गराउने खैरिचनदनपुर-४ का रतन बिक र ढोढरी गाविस-३ बेलुबा चोकका अर्जुन बिकले इलाका प्रहरी कार्यालय सानोश्रीतारातलको प्रहरी गस्ती टोलीले १० नम्बर ओपीबाट उनीहरूलाई उद्धार गरेको प्रहरीले जनाएको छ । उद्धार गरिएका मध्ये लमजुङका दुई तथा नवलपरासीका एक महिला रहेका छन् । गैर कानुनी तरिकाले महिलाहरूलाई भारतको दिल्ली हुँदै कुवेत लैजान लागेकोको आरोपमा धनबिर पुन र रतन बिकलाई प्रहरीले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय बर्दियामा राखेको छ भने अर्का आरोपित अर्जुन बिक फरार् रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी भरतबहादुर बोहराले जानकारी दिए ।

0 Comments