Incident Reports

जनकपुरको एक पोखरीमा शिशुको शव फेला

2017-01-28

Madhes, Dhanusha, Janakpur, Ward 10

जनकपुरको एक पोखरीमा नवजात शिशुको शव फेला परेको छ । जनकपुर उप महानगरपालिकको वडा नं १० स्थित अरगज्जा पोखरीमा फालिएको अवस्थामा ती मृत शिशुको शव भेटिएको हो । शनिबार करिव ३ बजे पोखरीमा तैरिरहेको अवस्थामा नवजात शिशुको शव स्थानीयबासीले देखेपछि जानकी प्रहरी चौकीमा जानकारी गराएको थियो । जानकारी पश्चयात प्रहरीले सो शिशुको शवलाई पानीबाट बाहिर निकाली जनकपुर अञ्चल अस्पतालमा परिक्षणको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यता जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताउँदै शिशु फाल्ने व्यक्ति खोजतलास तीब्रताका साथ भइरहेको प्रहरी नायब उपरिक्षक तथा प्रवक्ता मनोज यादवले जानकारी दिए । जनकपुर अञ्चल अस्पताल वरिपरि रहेका निजी क्लिनीक तथा अस्पतालमा अवैध रुपमा गर्भपतन गराउने क्रम बढेसँगै नवजात शिशुहरु रंगभुमि मैदान र विभिन्न पोखरीमा पटक पटक फ् याल्ने गरेको पाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Local Newspaper - Dhanusha

0 Comments

Related Reports