Incident Reports

रंगेली बजार बन्द

2017-01-28

Province 1, Morang, Rangeli

स्थानीय तह पुनसंरचना आयोगले रंगेली – ९, १० र ११ लाई काटेको विरोधमा शनिबार संघर्ष समितिले रंगेली बजार बन्द गर्यो । रंगेली क्षेत्रमा आवागमन ठप्प रह्यो । सर्वदलीय एवं सर्वपक्षीय भेला निर्णय अनुरुप शनिबार बिहानैदेखि रंगेली चोकमा भेला भएका संघर्ष समितिका कार्यकर्ता तथा स्थानीयहरुले रंगेली-विराटनगर सडकखण्ड अन्तर्गत चल्ने सवारी साधन बन्द गराए । उनीहरुले मोटरसाइकल, साइकल, पैदल यात्री, प्रेस, दुधको गाडी छुट दिएका थिए । बजार बन्द तथा चक्काजाम पछि साँझ रंगेली चोकमा कोणसभा गरी रंगेली नगरपालिकाको ९, १० र ११ वडालाई नगाभेसम्म थप संघर्षका कार्यक्रमहरु अघि बढाउने घोषणा गरियो । सभालाई सम्बोधन गर्दै संघर्ष समितिका संयोजक मंगलचन्द अग्रवाल सद्भावनाका केन्द्रीय सदस्य शंकरप्रसाद साह, संघीय फोरम समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य पन्नालाल मण्डल, रंगेली नगर विकास समिति संयोजक रामनारायण मण्डल, संघीय समाजवादी फोरम नेपालका जिल्ला सदस्य शिशुपाल यादव लगायतले सम्बोधन गरेका थिए । ३ वर्ष अगाडी रंगेली नगरपालिका घोषणा हुँदा साविक टकुवा गाविस रंगेली नगरपालिकामा ९, १० र ११ वार्डमा गाभिएको थियो । स्थानीयतह पुनसंरचना आयोगको हालको सिफारिसमा दर्वेशा र बबियाबिर्ता गाविसलाई रंगेली नगरपालिकामा गाभेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Secondary Form Road block
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) State-level authorities for (yet to be formed) provinces
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments