Incident Reports

KU classes hit by ANNFSU padlocking | केयूमा पढाइ ठप्प |

2017-01-22

Classes have been affected at the Kathmandu University for the last two weeks after students padlocked administrative and central buildings. All Nepal National Free Students Union padlocked the offices demanding election of the Student Welfare Council. The election was cancelled due to the disputes in between student wings during the election of council on Dec 23. (PR) विद्यार्थी कल्याण परिषद्को निर्वाचन गराउन माग गर्दै विद्यार्थी संगठनले तालाबन्दी गरेपछि काठमाडौं विश्वविद्यालय (केयू) मा १७ दिनदेखि पठनपाठन ठप्प भएको छ । तत्काल पढाइ सुचारु गर्न माग गर्दै केयूका विद्यार्थीले बुधबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरे । अन्यत्र जस्तो राजनीति नहुने र नियमित पढाइ हुने भन्दै विद्यार्थी केयूमा भर्ना हुन्छन् । तर, पछिल्लो समय पदाधिकारी नियुक्तिदेखि विद्यार्थी कल्याण परिषद्का नाममा समेत राजनीति हुन थालेपछि विद्यार्थी आक्रोशित भएका हुन् । विवादकै कारण पुस ८ मा स्थगित भएको निर्वाचन गराउनुपर्ने माग राखेर एमाले अखिलले माघ ९ देखि केन्द्रीय विश्वविद्यालय र प्रशासनिक भवनमा तालाबन्दी गरेको छ । तालाबन्दीपछि स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङको पढाइ हुन सकेको छैन । नियमित पढाइको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका विद्यार्थीले विश्वविद्यालय बन्द भएपछि आफ्नो भविष्यको चिन्ता प्रकट गर्दै प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । विद्यार्थीले ‘हाम्रो भविष्य केयूको हातमा तर, केयू बन्द छ, हाम्रो भविष्य कता जाँदैछ ?’ जस्ता वाक्य लेखिएको प्लेकार्ड बोकेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people 15
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments