Incident Reports

No translation available.

2017-01-22

(PR) विद्यार्थी कल्याण परिषद्को निर्वाचन गराउन माग गर्दै विद्यार्थी संगठनले तालाबन्दी गरेपछि काठमाडौं विश्वविद्यालय (केयू) मा १७ दिनदेखि पठनपाठन ठप्प भएको छ । तत्काल पढाइ सुचारु गर्न माग गर्दै केयूका विद्यार्थीले बुधबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरे । अन्यत्र जस्तो राजनीति नहुने र नियमित पढाइ हुने भन्दै विद्यार्थी केयूमा भर्ना हुन्छन् । तर, पछिल्लो समय पदाधिकारी नियुक्तिदेखि विद्यार्थी कल्याण परिषद्का नाममा समेत राजनीति हुन थालेपछि विद्यार्थी आक्रोशित भएका हुन् । विवादकै कारण पुस ८ मा स्थगित भएको निर्वाचन गराउनुपर्ने माग राखेर एमाले अखिलले माघ ९ देखि केन्द्रीय विश्वविद्यालय र प्रशासनिक भवनमा तालाबन्दी गरेको छ । तालाबन्दीपछि स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङको पढाइ हुन सकेको छैन । नियमित पढाइको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका विद्यार्थीले विश्वविद्यालय बन्द भएपछि आफ्नो भविष्यको चिन्ता प्रकट गर्दै प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । विद्यार्थीले ‘हाम्रो भविष्य केयूको हातमा तर, केयू बन्द छ, हाम्रो भविष्य कता जाँदैछ ?’ जस्ता वाक्य लेखिएको प्लेकार्ड बोकेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people 15
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments