Incident Reports

कांग्रेसी र एमाले युवावीच धरानमा झडप

2017-01-29

Province 1, Sunsari, Dharan

धरानमा कांग्रेस समर्थक युवा र एमाले समर्थक युवावीच झडप भएको छ । आइतबार राति भएको झडपमा कांग्रेस महाधिवेशन प्रतिनिधि सन्तोष विकको समूहले खुकुरी प्रहार गरी एमालेको भातृसंगठन युवासंघका धरान इन्चार्ज दिवस राई गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । विकको समूहबाट आत्रमणमा परी घाइते भएर सडकमा मरणासन्न अवस्थामा लडिरहेको फेला परेपछि प्रहरीले उद्धार गरेर नजिकै रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा पुर्‍याएका थिए । प्रहरीका अनुसार एकसाता अघि माघ १० गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको टेक्सन फुड कर्नरमा सुमित तामाङ र मनोज लिम्बुबीच विवाद र भनाभन भएको । आइतबार राति साढे नौ बजे सोही विवाद मिलाउन दुई समूह धरान १८ बुद्धचोक नाजिकैको शिवमार्गस्थित तास घर अगाडि भेला भएकाबेला विकको समुहले खुकरी प्रहार गरी राईलाई घाइते बनाएका थिए । विक प्रहरीको नियन्त्रणमा रहेका छन् । घाइते राईको प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको टाउको, घाँटी, कुम, नाक र दाइने हातमा खुकरी प्रहार भएको प्रहरीले जनाएको छ । राईसँगै घाइते भएका मिलन राईको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । दुई युवाको आपसी विवादबारे छलफल गर्दा गर्दै राजनितिक दलीय ताकत देखाउने कुरा निस्केपछि आक्रमण गर्न युवाहरु उक्साहटमा पर्दा खुकुरी हानाहानमा पुगेको बताइएको छ । धरानमा एमाले निकट युवा समूह र कांग्रेस निकट युवा समुहवीच लामो समयदेखि बेला बेलामा झडप हुँदै आएको छ । दुई युवा समुहको ग्याङफाइटबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) ढकेन्द्र खतिवडाले बताए । उनले भने, ‘सन्तोष विक हाम्रो हिरासतमा रहे पनि अहिलेसम्म खकुरी प्रहार गरेर घाइते बनाएको जाहेरी आएको छैन । अव कस्तो जाहेरी आउँछ सोही अनुसार अनुसन्धान र कारवाही अगाडि बढाउछौं ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Sharp weapon
Primary Cause Other political issues
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , Local Newspaper - Morang

0 Comments