Incident Reports

मंगोल नेशनल अर्गनाईजेसनका तीन कार्यकर्ता पक्राउ

2017-01-30

Lumbini, Palpa, Tansen

गाडी पार्कीङ्गको विषयमा जिल्ला सदरमुकाम तानसेनमा झडप हुँदा दुई जना घाईते भएका छन्। मंगोल नेशनल अर्गनाईजेसनको जिल्ला अधिवेशनमा आएका रामेछापमा युवाहरुले स्थानीयहरुसँग झगडा गर्दा झडप भएको थियो। आईतबार साँझ भएको झडपमा परि दुई जना घाईते भएका छन्। घाईते हुनेमा एक स्थानीय सागर महर्जन र मंगोल नेशनलका निर्वाचित जिल्ला अध्यक्ष तुलबीर दर्लामी रहेका छन् । उनीहरु दुवैको टाउकोमा चोट लागेको छ । झपडमा संलग्न मंगोल नेशनल अर्गनाईजेसनका तीन कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । पार्किङ्ग स्थलमा मात्र गाडी पार्किङ्ग गर्न अनुरोध गर्दा अचानक आक्रमण गरेको घाईते सागर महर्जनले बताए। यसै बिच मंगोल नेशनल अर्गनाईजेसनले सामाजिक सद्भाव खलबल्याउने कार्य गरेको भन्दै जिल्लाका नागरिक समाजले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका छन्। उनीहरुले अनावश्यक जातीय द्वन्द्व सिर्जना गर्ने नारा सहित सिद्धार्थ राजमार्गमा वाल पेन्टिङ्ग गराएको, पोष्टर पम्ल्पेटिङ्ग गरेको, सभामा जातिय विखण्डन, राष्ट्रिय अखण्डता, स्वाभिमान र पहिचानमा खलबल पुग्नेगरि उत्तेजित भाषण गरेकोले स्वतन्त्र रुपमा ध्यानाकर्षण गराईएको मानवअधिकार निगरानि समूह पाल्पाका संयोजक भगवान भण्डारीले बताए । नागरिक समाज, उद्योग वाणिज्य संघ, ब्राह्मण समाज लगायतका संस्थाहरुले लामो समयदेखी राष्ट्रियता, जातियता, धार्मीक विखण्डनका जथाभावी पेन्टिङ्ग हुँदा मौन बसेको र कार्यक्रम गर्न दिएकोमा प्रशासनको कमजोरी भएको बताएका छन्। प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले कार्यक्रम गर्नु अगावै सचेत गराईएको भएता पनि केही अस्वभनीय, अमर्यादित र उत्तेजित कार्य भएको बताए । उनी भन्छन्, ‘जिल्लामा संगठनलाई आगामी दिनमा यस्ता कार्य गर्न दिईनेछैन ।’ प्रहरी नायव उपरीक्षक रमेश पंण्डीतले घटनाका विषयमा अनुसन्धान भैरहेको र दोषीलाई कानूनी कारबाही गर्ने बताए। सोमबार भएको त्रिपक्षिय छलफलमा संगठनका केन्द्रिय सदस्य मणी लिम्बुले संगठनको आचार संहिता बाहिरका क्रियाकलाप भएकोले क्षमा याचना गरेका छन् । उनी भन्छन्, ‘आचारसंहिता पालना भएन। संगठनको कुनै पनि सद्भाव खलबल्याउने पूर्व निर्धारित कार्यक्रम थिएन । बोल्नै नहुने उत्तेजित भाषणहरुले समस्या नित्यायो।’ आयोजक समितिका लालबहादुर दर्लामीले वक्ताहरुले सिद्धान्त बाहिरका मनगडन्ते भाषण गरेकोले समस्या निम्तिएको बताए । उनले केही दिनमै वालपेन्टिङ्गहरु मेट्ने बताए। गुल्मी, अर्धाखाँची, सुर्खेत, प्यूठान र दाङ्गमा कार्यक्रम गर्न नसकेपछि मंगोल नेशनल अर्गनाईजेसनले पाल्पामा कार्यक्रम गरेको स्रोतले बताएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media

0 Comments