Incident Reports

पीएनमा तालाबन्दी

2017-01-31

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 1

आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लिएर त्रिभुवन विश्वविद्यालय विद्यार्थीका आवश्यक मुद्दा बेवास्ता गरी मनोमानी ढंगले निर्वाचन गराउन खोजेको दावी गर्दै नेविसंघले पृथ्वीनारायण क्याम्पसमा क्याम्पस प्रमुखको कर्यकक्ष तथा क्याम्पस प्रशासनको मूल भवन तालाबन्दी गरेको छ । उमेदवारलाई २८ वर्ष उमेर हदबन्दी गरिएको विरोधमा तालाबन्दी गर्ने क्रममा नेविसंघका नेता पशुपति भट्टराई, नेविसंघ केन्द्रियसदस्य गूपल गुरुङ, नेविसंघ कास्कीका निवर्तमान सचिव विक्रम गिरी, विद्यार्थी नेता दिपक शर्मा वाग्ले, लक्ष्मण पहारी, बालकृष्ण सापकोटा, भोजबहादुर गुरुङ, सगर सापकोटा, विश्वास तिमिल्सिनालगायतका विद्यार्थी नेता सहभागी थिए। विद्यार्थी नेतृत्व गर्नेलाई उमेर हदमा बाधने र एक्कासी भर्ना प्रक्रियासमेतरोक्ने कदम नेविसंघले कदापि नस्वीकार्ने नेता पशुपति भट्टराईले जिकिर गरे। उनले आफ्नो माग सम्बोधन नभए कडाभन्दा कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् । नेविसंघको ११ औ महाधिवेसनमा सहमहामन्त्रीका प्रत्यासीसमेत रहेका भट्टराईले उक्त आन्दोलनलाई सशक्त र सफल बनाउन नेविसंघलागायत अन्य विद्यार्थी संगठनलाई समेत अपिल गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Kaski

0 Comments