Incident Reports

पत्रकार अग्रवालमाथि आक्रमण

2017-01-03

Province 1, Morang, Rangeli

विराटनगर, १९ पुस – मोरङको पुरानो सदरमुकाम रंगेलीका पत्रकार दिलिप अग्रवालमाथि सांघातिक आक्रमण भएको छ । अग्रवाल मकालु टिभीका संवाददाता हुन् । मंगलबार उनलाई स्थानीय अशेश्वर साहसहितको आठ जनाको समूहले आक्रमण गरेको हो । धुलो उड्न नदिन रंगेली बजारमा बाटोमा पानी हालेको विषयमा एकजना पसलेसंग भएको विवादका क्रममा पत्रकार अग्रवालले विवाद नगर्न सुझाव दिदै उल्टै आफूमाथि साहले कपडामा ढुंगा हालेर टाउकोमा हिर्काएको बताए । टाउकोको सिटी स्क्यान गर्दा रिपोर्ट सामान्य आए पनि चिकित्सकले ७२ घण्टा चिकित्सकको निगरानीमा राख्न भनेको पत्रकार किरण न्यौपानेले बताए । घटनामा संलग्नको खोजी भईरहेको रंगेली प्रहरीले जनाएको छ । नेपाल पत्रकार महासंघ मोरङ र प्रेस युनियन मोरङले छुटाछुटै विज्ञप्ति मार्फत घटनामा संलग्नलाई पक्राउ गरी कारवाही गर्न माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Morang

0 Comments

Related Reports