Incident Reports

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-01-28

Lumbini, Dang, Tulsipur

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बालिकाका ३५ वर्षीय बावुलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले माघ २३ गते गिरफ्तार गरेको छ । तीन वर्षघि आमा वैदेशिक रोजगारीमा गएपछि बाबुले ०७२ साउनदेखि ०७३ माघ १५ गतेसम्म निरन्तर बलात्कार गरेको पीडित बालिकाले आरोप लगाएकी छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २४ गते राप्ती उपक्षेत्रीय अस्पतालमा भएको प्रहरीले जनाएको छ । बाबुले लगातार बलात्कार गरेपछि भागेर साथीको घरमा बस्न जान थालेकी बालिकालाई आफन्तले सोधपुछ गरेपछि आफू बाबुबाटै बलात्कार भएको आरोप लगाएकी छन् । बालिकाले घटनाका बारेमा बताएपछि पीडित पक्षले माघ २३ गते प्रहरी चौकी हंसपुरमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी लोकनाथ तिमल्सिनाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments