Incident Reports

पत्नीकै मिलेमतोमा बालिका बलात्कृत

2016-12-06

Bagmati, Bhaktapur, Suryabinayak, Ward 1

अनन्तलिंगेश्वर ७, सिरुटारकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । सागरनाथ ७, सर्लाही घर भई सिरुटारमा ज्यामी काम गर्ने अभिभावकसँग बसेर कक्षा ५ मा अध्ययनरत बालिका छिमेकीबाटै बलात्कार भएकी हुन् । बालिका बलात्कारको आरोपमा प्रहरीले शनिबार पतिपत्नीलाई नै पक्राउ गरेको छ । बलात्कारको आरोपमा अनन्तलिंगेश्वर ७ का ४० वर्षीय राजकृष्ण कायस्थ र उनकी पत्नी ३५ वर्षीया राधाजंगम पक्राउ परेको प्रहरीले जनाएको छ । राजकृष्णले पत्नीकै सहयोगमा बालिका बलात्कार गरेको महानगरीय प्रहरी वृत्त ठिमी प्रमुख डीएसपी श्यामबाबु ओलियाले बताए । गत मंसिर २१ गते साँझ ७ बजे राधाजंगमले टीभी हेर्ने तथा पैसा दिने प्रलोभन देखाइ बालिकालाई घरमा ल्याएर राजकृष्णको जिम्मा लगाई बाहिरबाट चुकुल लगाएकी थिइन् । सोही समय राजकृष्णले बलात्कार गरेको पाइएको ओलियाले बताए । बलात्कारमा सघाएको भन्दै प्रहरीले राधाजंगमलाई पनि पक्राउ गरेको जनाएको छ । जन्मेको डेढ वर्षमा निमोनियाँले स्मरण क्षमता न्यून (कमजोर) भएकी बालिकालाई पत्नीले पतिको जिम्मा लगाएको बालिकाकी आमाले गुनासो गरिन् । ‘छोरी शारीरिक रूपमा कमजोर छे,’ उनले भनिन्, ‘सही/गलत छुटयाउन सक्दिन, अपराधीले त्यही कमजोरीको फाइदा उठाए ।’ पीडित बालिकालाई बलात्कार भन्ने ज्ञान नभएका कारण पनि प्रहरीसमक्ष ढिला उजुरी आएको हो । बलात्कारपछि राधाजंगमले २ सय रुपैयाँ दिएर परिवार तथा गाउँमा हल्ला नगर्न पटकपटक धम्की दिएको पीडित बालिकाले बताइन् । ‘बाहिर हल्ला गर्‍यो भने परिवारकै बेइज्जत गराइदिने धम्की दिँदै आएको छ,’ उनले भनिन् । धम्कीकै कारण बलात्कारमा परेको कुरा परिवारमा भन्न नसकेर गुपचुप रहे पनि पीडकको पतिपत्नीबीच झगडा हुँदा राधाजंगमले गाउँमा हल्ला गरेपछि मात्र आफ्नी छोरीमाथि बलात्कार भएको पत्ता लागेपछि प्रहरीमा उजुरी गरेको बालिकाकी आमाले बताइन् । पक्राउ परेकी राधाजंगमले पतिको आवश्यकता पूरा गर्न बालिकालाई पैसा दिएर यौनसम्पर्क गराएको स्विकारेकी छन् । पटकपटक आफूबाट यौन सन्तुष्ट नभएको बताउने पतिलाई बालिका मिलाइदिएको उनले प्रहरीलाई बताएकी छन् । पक्राउ परेका दुवैलाई आइतबार जबरजस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया थालिने डीएसपी ओलियाले बताए । उनीहरू दुवै एक–अर्का दोस्रो पतिपत्नी भएको बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Sarlahi , Local Newspaper - Sindhuli

0 Comments