Incident Reports

Darsan: Locals of Baklauri in agitation

2017-01-11

Province 1, Sunsari, Ramdhuni

The locals of Baklauri started agitation from Wednesday as a protest against the pollution caused by the construction of road from Kanchichowk till Nadah. 29 Kilometer of the road were black topped out of which 12 kilometer of the road in now dusty. 12 Kilometers were black topped by Roshan Contractor which is now completely dusty. The locals are facing various health problems due to the pollution. इटहरी, २७ पुस – कान्छीचोक-नडाहसम्मको सडक धुलाम्मे भइ सडक आसपासका मानिसले हैरानी भोग्नु परेपछि बुधबार त्यस सडकखण्डका स्थानीय बासिन्दाले विरोध गरेका छन् । तीन वर्षअघि त्रिपाल पि मोडलमा निर्माण भएको सुनसरी कान्छीचोक चतरासम्मको २९ किलोमिटर कालोपत्र सडकमध्ये अहिले १२ किलोमिटर सडक पुरै धुलाम्मे भएको छ । जसका कारण बकलौरीवासी सडकबाट उड्ने धुलोकै कारण विभिन्न रोगले ग्रसित बन्नुपरेको भन्दै सडकमा ओर्लिएर आन्दोलन गर्न बाध्य हुनुपरेको स्थानीय अम्बिका गिरीले आक्रोसित बन्दै तत्काल सरकारले सडक कालोपत्र गर्नुपर्छ भन्दै भान्सामा पकाएको खाना पनि धुलोका कारण खानै नहुने गरेको र बढी धुलोका कारण सडकमा हिड्नेदेखि यहाँ बस्ने सबैलाई विभिन्न किसिमको रोगका संक्रमणले हैरान पारिरहेकाले सडक कालोपत्र गर्न सडक विभागको ध्यानकर्षण गराउदै स्थानीयवासीले सडकमा होम पाइप तेस्र्याएर आन्दोलन थालेको बताउनुभयो । ९ करोडको लागतमा निर्माण भएको उक्त सडकमध्ये १२ किमी सडक बनाउने ठेक्का पाएको रोशन कन्ट्रक्सनले निर्माण गरेको सडक पूर्णरुपमा धुलाम्मे भएपछि बकलौरीमा सक्रिय नेपाल राष्ट्रिय किसन मोर्चाले सडकको दुरावस्थाप्रति आपत्ति जनाएको हो । मोर्चाका अध्यक्ष पुष्प प्याकुरेलले सडक निर्माणकर्ता कम्पनीले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेकै कारण सडक भत्किएकोले तत्काल सडक विभागले यो सडक कालोपत्र गर्नेतिर ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सडक डिभिजन कार्यालय विराटनगरले कान्छीचोक नडाहासम्मको उक्त सडक पुन:निर्माणका लागि विभागमा १७ करोड खर्च लाग्ने योजनासहित प्रस्ताव अघि बढाएको डिभिजन प्रमुख जीतेन्द्र चौधरीले जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments